समाचार
लुङ्ग्री परिचय
लुङ्ग्री गाउँ पालिकाको संक्षिप्त चिनारी :
संघिय गणतन्त्र राज्य नेपालको लुम्बिनी प्रदेश अन्तर्गत रोल्पा जिल्लाको १० वटा स्थानीय तह मध्येको लुङ्ग्री गाउँपालिका पनि एक हो | अति सौन्दर्य मनमोहक प्रसिद्ध लुङ्ग्री नदिको नामवाट नामाकरण गरिएको यस गाउँपालिकाको केन्द्र साबिकको वडाचौर गा.बि.स को किलाचौरमा रहेको छ | यस गाउँपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखि ३५ कि.मि. उत्तर पूर्व तथा सुनिल स्मृति गाउँपालिकाको सुलिचौर बजार देखि ६ कि.मि.उत्तर पूर्वमा अवस्थित छ |
यस गाउँपालिकाको क्षेत्रफल १३५.२३ वर्ग कि.मि. र जनगणना २०७८ अनुसार कूल जनसंख्या २६५३९ रहेको छ जसमा जम्मा घरधुरी संख्या ५४८६ , जम्मा पुरुष संख्या १२३४८ र जम्मा महिला संख्या १४१९१ रहेको छ | साबिकका ५ वटा गाउँ बिकास समितिहरु (वडाचौर,गुम्चाल,हारजंग,पांग,शिर्प) मिलाएर बनेको यस गाउँपालिकामा हाल सात वटा वडाहरु रहेका छन् | यस गाउँपालिकाको सिमाना पूर्वमा प्युठान, पश्चिममा सुनिल स्मृति गाउँपालिका र सुनछहरी गाउँपालिका, उत्तरमा सुनछहरी गाउँलिका र दक्षिणमा प्युठान र सुनिल स्मृति गाउँपालिका रहेका छन् |
लुङ्ग्री गाउँपालिकाको नामकरण:
लुङ्ग्री गाउँपालिकाको नामकरण यस रोल्पा जिल्लाको सुनछहरी गाउँपालिकाको उवा र सेरमबाट बहने अति सौन्दर्य मनमोहक नदी लुङ्ग्रीको नामबाट राखिएको हो | तत्कालिन स्थानीय तह पुनर्संरचना समिति रोल्पाको सिफारिस र स्थानीय विकास मन्त्रालयले मिति २०७३ फाल्गुन २७ गते यस लुङ्ग्री गाउँपालिकाको नामकरण गरेको हो |
हावापानी:
समुन्द्री सतह देखि करिब १००० मिटर देखि २००० मिटर सम्मको भौगोलिक उचाईमा अवस्थित यस लुन्ग्री गाउ पालिकामा न्यानो समशितोषण हावापानी देखि ठण्डा समशितोषण सम्मको हावापानी पाइन्छ |
तापक्रम र वर्षा:
यस गाउँपालिकाको सरदर तापक्रम न्यूनतम -५० से. देखि अधिकतम ३२० से. सम्म पुग्दछ |श्रवन र भद्र महिनामा बढी वर्षा हुन्छ भने हिउदमा अति चिसो हुने, तुषारो पर्ने र जनजिवन कस्टकर हुने गर्दछ |
भेषभुषा र संकृति (Costume and Jewellery):
यस गाउँपालिकामा मगर र क्षेत्री समुदायको बसोबासको बाहुल्यता भएपनि बहुसंख्यक जनताले नेपाली भाषा बोल्ने तथा मगर रहन सहनलाई अपनाएको देखिन्छ | यहाका क्षेत्रीहरुले (बुढापाखाहरुले) मगर समुदायको भेषभुषा अंगालेको पाइन्छ| मगर समुदायको भेषभुषा विश्वमै दुर्लभ र राम्रो रहेको छ| क्षेत्री तथा मगर समुदायका बुढापाखाहरुले शिरमा टोपी, कम्मरमा पटुका साथै महिलाहरुले मखमली चोली,गुन्यू,गादा,पहेलो पटुकी,गलामा हरियो,पहेलो पोते,मुगामाला चौआनी(चादीको),नाडीमा बाला आदि भेषभुषा अंगालेको पाइन्छ |
बसोबास:
यस लुन्ग्री गाउ पालिकामा प्राय जसो मगर र क्षेत्री समुदायको बाहुल्यता रहेको छ | यस बाहेक बाहुन, क्षेत्री,दशनामी, गुरुङ र दलित समुदायको पनि बसोबास छ |
सांकृतिक,चाडपर्व,संकार र परम्परा(Culture,Festival,Ritual & Tradition):
यस गाउँपालिका समुदायको संस्कृतिमा पनि निकै धनि रहेको छ| अन्य जातिले पनि मगरको संस्कृतिलाई अंगालेको पाइन्छ | आदीवासी जनजाति समुदायमा शुभ साइत वा काममा निधारमा दहि र सेतो चामलको टीका लगाउने चलन छ | सेतो टीकाले निश्चल,निस्कपट र पवित्रताको प्रतिक लेकमा टल्कने हिउँको शोभालाई अनुकरण गरेर आफु पनि पहाड र हिउँ जस्तै निडर तथा स्वाभिमानीको प्रतीकको रुपमा लिईन्छ| क्षेत्री/ब्राहमण समुदायले शुभ साइतमा निधारमा रातो टीका, शुभको प्रतिक कलास मुल ढोकामा राखेर शुभ यात्रा गर्ने चलन छ |
सामाजिक जनजीवन:
यस गाउँपालिकामा मुख्य गरी अधिकांश मानिसहरुले दशैँ,तिहार,माघे संक्रान्ति,चैते दशैँ आदी पर्वहरु हिन्दु परम्परा अनुसार मनाउने गर्दछन | बिबाह परम्परा केटा केटीले मन पराएर केटाले भगाएर आफ्नो घरमा लिने चलन छ भने बिबाह भएको १/२ बर्ष पछि माइती मान्न जाने चालन छ | केहि समुदायमा हिन्दु परम्परा अनुसार कुल पुज्दा (देवाली) नहुदा सम्म बिहानको भैसीको दुध बिहान खाने चलन छैन तर बेलुकीको दुध खाने चलन छ | यस गाउँपालिका जन्म र मृत्यु परम्परा, हिन्दु अनुसारनै छ | बच्चा जन्मेको छैटौ दिनमा छैटी गर्ने र ब्राहमणलाई बोलाई न्वारण गरी बच्चाको नाम राख्ने चलन छ |मृत्युमा १३ दिन सम्म जुठो बार्ने चलन छ |