संघिय गणतन्त्र राज्य नेपालको ५ नं प्रदेश अन्तर्गत रोल्पा जिल्लाको १० वटा स्थानीय तह मध्येको लुङ्ग्री गाउँपालिका पनि एक हो | अति सौन्दर्य मनमोहक प्रसिद्ध लुङ्ग्री नदिको नामवाट नामाकरण गरिएको यस गाउँपालिकाको केन्द्र साबिकको वडाचौर गा.बि.स को किलाचौर मा रहेको छ | यस गाउँपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखि 35 कि.मि. उत्तर पूर्व तथा सुनिल स्मृति गाउ पालिका को सुलिचौर बजार देखि ६ कि.मि.उत्तर पूर्वमा अवस्थित छ |